नियम ६६
बढुवा समितिको सचिवालय र बैठक
(१) ऐनको दफा ८ को उपदफा (१) बमोजिम
कार्यक्षमताको मूल्याङ्कनद्वारा अधिकृत तहका पदहरूमा बढुवाको निमित्त ऐनको दफा २५
बमोजिमको बढुवा सचिवालयको काम मन्त्रालयले गर्नेछ ।
(२) नियम ६५ को खण्ड (क) र (ख) बमोजिम सहायक तहका पदहरू बढुवाको
निमित्त बढुवा समितिको सचिवालय सम्बन्धित निकायनै हुनेछ ।
(३) सेवाको प्रत्येक समूह वा उप समूह अन्तर्गतका रिक्त पदहरू कार्यक्षमताको
मूल्याङ्कन गरी बढुवाद्वारा पूर्ति गर्नको निमित्त प्रत्येक छ/छ महिनामा बढुवा समितिको
बैठक बस्नेछ ।